१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्य

माओ त्सेतुङको जन्म भएको आजको दिन

आजकै दिन सन् १८९३ डिसेम्बर २६ मा चीनको हुनान प्रान्तस्थित शाओशान गाउँमा माओ त्सेतुङको जन्म भएको थियो। माओ २०औँ शताब्दीका सबैभन्दा प्रभावशाली राजनीतिक नेतामध्ये एक मानिन्छन्। उनले चिनियाँ कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गराएका थिए।

माओ १९३५ देखि १९७६ सम्म चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष हुनुका साथै सन् १९४९ देखि १९५९ सम्म चीनका राष्ट्रप्रमुख पनि थिए। उनको नेतृत्वमा चीनमा सामन्ती संरचना अन्त्य, भूमिसुधार, राष्ट्रिय एकीकरण र समाजवादी राज्य निर्माणका कामहरू भएका थिए।

विश्लेषकहरूका अनुसार माओ त्सेतुङको विचारधारा र रणनीतिले चीनको राजनीतिक संरचना मात्र नभएर चिनियाँ समाजको सोच र दिशालाई समेत परिवर्तन गरेका बताउँछन्। आज पनि चीनको राजनीति र इतिहासमा माओको प्रभाव गहिरो रूपमा देखिन्छ।

प्रकाशित: ११ पुस २०८२ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App