विश्व इतिहासमा आज विभिन्न घटनाक्रम भएका छन्। आजको दिनमा अष्ट्रेलियन क्रिकेटर पिटर सिडलको जन्म देखी क्युबाका राष्ट्रपतिको निधनसम्मका घटना भएका थिए ।
नोभेम्बर २५ को दिन क्युबाको इतिहासमा एउटा युगको अन्त्यको रूपमा विश्व इतिहासमा कायम छ । आजकै दिन अर्थात सन् २०१६ मा क्युबाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो को ९० वर्षको उमेरमा निधन भएको थियो। उनले क्युबामा एक प्रभावशाली नेताका रूपमा सन् १९५९ देखि लामो समयसम्म शासन गरेका थिए।
क्यास्ट्रोले सन् १९५९ मा अमेरिकी समर्थन प्राप्त फुल्गेन्सियो बतिस्ताको तानाशाही शासनलाई फालेर सत्ता हात पारेका थिए। उनले क्युबालाई एक दलीय समाजवादी गणतन्त्रका रूपमा स्थापित गर्दै अमेरिकी साम्राज्यवादविरुद्ध कडा अडान लिने नेताका रूपमा विश्वभर परिचित भएका थिए । क्यास्ट्रोको निधनलाई विश्व राजनीतिमा एउटा महत्वपूर्ण अध्यायको समाप्ति मानिएको छ।
सन् १९८४ मा आजकै दिन अष्ट्रेलियन क्रिकेटर पिटर सिडलको जन्म भएको थियो । उनी अष्ट्रेलियन क्रिकेट टोलीका सदस्य थिए। विशेष गरी आफ्नो धैर्यपूर्ण र लगनशील तीव्र गतिको बलिङका लागि उनी परिचित छन्। उनले टेस्ट, एकदिवसीय र टी २० क्रिकेटमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेका गर्दै मैदानमा आफ्नो प्रदर्शनका गरेको थिए।
सन् १७५९ मा आजकै दिन भूमध्य क्षेत्रका प्रमुख शहरहरू बेरूत र दमास्कस लगायतका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्प त्यस क्षेत्रको इतिहासकै सबैभन्दा विनाशकारी मध्ये एक मानिन्छ। अनुमानित तथ्याङ्क अनुसार उक्त भूकम्पका कारण ३० हजार देखी ४० हजार मानिसहरूको दुःखद मृत्यु भएको थियो।
भूकम्पले ती शहरहरूमा ठूलो जनधनको क्षति हुनुको साथै शताब्दीयौँ पुराना संरचनाहरू ध्वस्त पारेको थियो। जसको असर लामो समयसम्म महसुस गरिएको थियो। एजेन्सी
प्रकाशित: ९ मंसिर २०८२ ०८:१८ मंगलबार





