१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज

विश्व इतिहासमा आजकै दिन सन् १८७७ डिसेम्बरमा २२ मा वैज्ञानिक थोमस अल्भा एडिसनले आफ्नो मौलिक आविष्कार फोनोग्राफ सार्वजनिक गरेका थिए। जसले गर्दा पहिलो पटक मानव आवाजलाई रेकर्ड र पुनः बजाउन सम्भव बनाएको थियो।    

उक्त समयमा एडिसनले न्यू जर्सीको मेनलो पार्कमा स्थापना गरेको   प्रयोगशालामा आफ्ना प्रमुख सहयोगी चाल्र्स ब्याचेलर र जोन क्रुएसीसँग मिलेर यो उपलब्धि हासिल गरेका थिए। यही प्रयोगशालालाई पछि ‘आधुनिक अनुसन्धान  प्रयोगशालाको जन्मस्थल”का रूपमा स्थापति गरिएको थियो। फोनोग्राफको आविष्कारपछि एडिसन विश्वभर चर्चित भएसगैं उनलाई ‘मेनलो पार्कका जादूगर’ को उपनाम दिइएको थियो।        

फोनोग्राफको आविष्कारपछि उक्त समयमा व्यावसायिक रूपमा सफल नभए पनि भविष्यमा रेकर्डिङ उद्योग, रेडियो, संगीत र सञ्चार प्रविधिको आधार तयार गरेको थियो। जसको कारण आजको डिजिटल अडियो प्रविधिकले स्थान पाउन सफल भएको छ।एजेन्सी

प्रकाशित: ९ पुस २०८२ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App