३ चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च–पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थानमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्च–पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम छ। शहरी र तराई क्षेत्रमा डुबानको जोखिम छ। ठूला र साना नदी, खोलामा पानीको सतह बढ्न सक्छ। दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्रका निर्माण कार्य, सडक र हवाई यातायात प्रभावित हुन सक्छ। हावाहुरीले पनि आंशिक असर पार्न सक्छ। त्यसैले सतर्कता र पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायलाई आग्रह गरेको छ।

प्रकाशित: ३ श्रावण २०८२ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App