२४ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्य

‘हाम्रो नेपाली निबन्धमाला’ माथि अन्तर्क्रिया

साहित्यकार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यमा निरन्तर कलम चलाइरहेका बहुभाषिक र बहुविधात्मक स्रष्टा लाकोजूको हालै प्रकाशित हाम्रो नेपाली निबन्धमालाको परिचर्चा भएको छ।

नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा समेत कलम चलाएर आफ्नो पृथक् पहिचान बनाएका लाकोजूको सो पुस्तकमा तीन दर्जन निबन्ध सङ्गृहीत छन्।

विद्यार्थीका लागि उपयोगी रहेको सो पुस्तकबारे सूर्योदय माध्यमिक बोर्डिङ स्कुल पनौतीका छात्राहरू सुस्मिता केसी, सृष्टिका गौतम र सुजाता सिङताङले पुस्तकबारे बोलेका थिए।

साहित्यिकार तुयुकाजी ताम्रकारको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रम सूर्योदय अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा भएको हो। सोही पुस्तकबारे विद्यार्थीहरूले लेखकसँग साहित्यका विषयमा विविध प्रश्न समेत गरेका थिए।  

प्रकाशित: २३ वैशाख २०८३ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App