२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
अन्य

विश्व इतिहासमा आज : शान्ति स्थापनादेखि अन्तरिक्ष यात्रासम्म

विश्व इतिहासमा डिसेम्बर ११ को दिनले शान्ति स्थापना, राजनीतिमा महाभियोग, र अन्तरिक्ष अन्वेषणसम्मका विभिन्न घटनाहरूको स्मरण गराउने गर्दछ। 

विश्व इतिहासमा सन् १९७८ डिसेम्बर ११ मा न्यूयोर्क शहरको जोन एफ केनेडी अन्तर्राष्ट्रिय  विमानस्थलको एक एयर कार्गो भवनबाट ५ दशमलव ८ मिलियन डलरभन्दा बढी मूल्यको नगद र गहना चोरी भएको थियो।  उक्त घटना इतिहासकै ठूलो नगद चोरीहरू मध्ये एक हो । लुफ्थान्सा डकैतीको सम्बन्धमा केवल एक जनालाई मात्र दोषी ठहर गरिएको थियो र चोरी भएको रकमको कुनै अंश पनि बरामद गर्न सकिएको थिएन।      

सन् १९९८ डिसेम्बर ११ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनविरुद्ध महाभियोग लागेको थियो।अमेरिकी प्रतिनिधि सभाको न्यायपालिका समितिले तत्कालीन राष्ट्रपति  क्लिन्टनविरुद्ध  महाभियोगका तीन धारा सिफारिस गरेको थियो।  

त्यसैगरी आजकै दिन अर्थात सन् १९७२ डिसेम्बर ११ मा चन्द्रमामा पाइला टेक्ने अन्तिम मानव बनेका थिए। अपोलो १७ का अन्तरिक्ष यात्री युजीन सर्नन र ह्यारिसन स्मिट चन्द्रमाको सतहमा पाइला टेक्नेको उक्त घटनाले हालसम्मको लागि मानवद्वारा चन्द्रमा अन्वेषणको युगलाई विश्राम दिएको थियो।        

सन् १९४६ डिसेम्बर ११ मा युनिसेफको स्थापना भएको थियो। बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा र सामान्य कल्याण सुधारका कामको लागि संयुक्त राष्ट्रसंघीय कार्यक्रमको स्थापना भएको हो।    

त्यसैगरी आजकै दिन भारतीय शास्त्रीय संगीतको सितारवादक पण्डित रविशंकरको ९२ वर्षको उमेरमा निधन भएको थियो। रविशंकरलाई बीसौं शताब्दीका महान संगीतकारहरू मध्ये एक  मानिन्छ। उनले पूर्वीय र पश्चिमी संगीतको फ्युजन गरेर संगीतको दुनियाँमा नयाँ आयाम दिएका थिए। उनी  विशेषगरी सन् १९६० को दशकमा प्रसिद्ध ब्रिटिश ब्यान्ड ‘द बीटल्स’ का प्रमुख गिटारवादक जर्ज ह्यारिसनका गुरु बनेपछि पश्चिमी श्रोताको लागि प्रिय बनेका थिए। एजेन्सी

प्रकाशित: २५ मंसिर २०८२ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App