२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्य

के मह तताउँदा विष बन्छ ?

मह तताउनु हुँदैन भन्ने सुन्दा धेरैलाई अनौठो लाग्छ। के साँच्चै तताएको मह विष बन्छ ?

भारत, उत्तर प्रदेश, नोएडास्थित कैलाश अस्पतालकी प्रमुख आहारविद् सोनिका चौधरी भन्छिन्, ‘महलाई हल्का तताउनु वा मनतातो पानीमा मिसाउनु पूर्ण रूपमा सुरक्षित छ। तर महलाई उम्लनेगरी तताउनु भने हुँदैन।’

उनले ४० डिग्री सेल्सियसभन्दा माथि तताउँदा महमा भएको एन्टिअक्सिडेन्ट नष्ट हुन्छ र यसका प्राकृतिक गुण हराउने बताइन्। धेरै तताउँदा ५–एचएमएफ नामको एक रसायन बन्छ, जसले लामो समयमा शरीरलाई हानी पुर्‍याउन सक्छ। तर सामान्य तताउँदा यो रसायन अति न्यून मात्रामा बन्छ, जसले कुनै खतरा गर्दैन। वैज्ञानिक अध्ययनले पनि हल्का तताएको मह विषाक्त नबन्ने देखाएको छ।

आहारविद् चौधरीका अनुसार महलाई उमाल्नु वा धेरै तताउनु गलत हो, यसले फाइदा घटाउँछ। मनतातो पानीमा मिसाएर वा हल्का तताएर खाँदा केही बिग्रँदैन। महलाई काँचै खाने तरिका नै सबैभन्दा उत्तम हुने उनले स्पष्ट पारिन्। 

मह दैनिक कति खाने भन्ने प्रश्न पनि धेरैलाई हुन्छ। यसको जवाफमा उनी स्वस्थ व्यक्तिले १–२ चम्चा खानुपर्ने सुझाव दिन्छिन्। तर सानो बच्चालाई आधा चम्चाभन्दा बढी दिनु हुँदैन। मधुमेह भएका व्यक्तिले भने आफ्नो डाक्टरसँग सल्लाह लिएर मात्र कति खाने भन्ने कुरा थाहा पाउन सक्छन्। एजेन्सी

नोट : यो जानकारी विशेषज्ञको विचारमा आधारित छ। कुनै कुरा अपनाउनुअघि आफ्नो चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ। 

प्रकाशित: ३० कार्तिक २०८२ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App