कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभाव दिनप्रतिदिन बढ्दैछ। एआईले धेरै रोजगारीका क्षेत्रहरूलाई असर पारिरहेको छ। विश्वभर करोडौँ जागिरहरू स्वचालनमा गइरहेका छन्, जहाँ मानिसको प्रयोग जरुरी छैन। तर केही यस्ता काम पनि छन्, जसमा मानवीय गुणहरूको आवश्यक हुन्छ।
जसकारण ती कामलाई एआईले पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैनन्। यस्ता काममा सहानुभूति, तुरुन्त निर्णय लिने क्षमता, नैतिकता र अप्रत्याशित परिस्थितिमा मानिसको आवश्यकतालाई सम्बोधन गर्ने योग्यता आवश्यक पर्छ। यो कुरा कुनै एआईले सजिलै गर्न सक्दैन।
यी हुन् एआईले गर्न सक्ने काम
Physician Assistant – चिकित्सक सहायक
Nurse Practitioner – नर्स प्रैक्टिशनर
Physicist – भौतिक विज्ञानी
General Dentist – सामान्य दन्त चिकित्सक
Nurse Midwife – नर्स मिडवाइफ
Urologist – मूत्र रोग विशेषज्ञ
Nurse Anesthetist – नर्स एनेस्थेटिस्ट
यी काममा मानवीय स्पर्शको विशेष महत्त्व रहन्छ। यस्ता क्षेत्रहरूमा काम गर्नेहरूले एआईको डरबिना आफ्नो करियरलाई सुरक्षित राख्न सक्छन्। यी कामहरू न केवल जागिरको स्थिरता दिन्छन्, साथै राम्रो आय र विकासको सम्भावना पनि हुन्छ। यस्ता क्षेत्रहरूमा मानिसको सहानुभूति, समस्या समाधान गर्ने क्षमता र तत्काल निर्णय लिने योग्यता आवश्यक पर्छ, जसलाई कुनै मेसिनले पूर्ण रूपमा गर्न सक्दैन।
प्रकाशित: १५ मंसिर २०८२ १२:३६ सोमबार





