१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्य

अंग्रेजी पढाउने शिक्षकले ‘नोज’ लाई ‘नोग’ लेखेपछि...

एक सरकारी प्राथमिक विद्यालयका शिक्षकले हप्ताको दिन र शरीरका अंगहरूको अंग्रेजी नाम यति गलत तरिकाले लेखे कि जागिर नै गुमाउनु परेको छ। उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

घटना भारत छत्तीसगढस्थित बलरामपुर जिल्लाको हो। ती शिक्षकले आइतबार, बुधवारलाई अंग्रेजीमा लेख्दा गलत स्पेलिङ अर्थात् हिज्जे लेखेका हुन्। त्यो मात्रै होइन आँखा कान र नाकलाई पनि उनले अंग्रेजीमा लेख्न जानेनन्।

उनले लेखेका छन्, 
Sunday=Sanday
Wednesday=Wensday
Nose=Noge
Ear=Eare
Eyes=Iey

भारतीय सञ्चारमाध्यमका अनुसार विद्यालयमा ४२ जना बालबालिका पढ्छन्। तर शिक्षक दुई जना मात्र छन्। गाउँलेहरूका अनुसार एक जना शिक्षक कमलेश पाण्डे रक्सी खाएर कक्षामा सुत्छन् भने अर्का शिक्षकले यस्तो ‘सिर्जनशील’ अंग्रेजी पढाउँछन्। निर्दोष विद्यार्थीहरूले ती गल्ती अंग्रेजी शब्द कण्ठ गरिरहेका छन्। 

भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अभिभावक र गाउँलेहरूले गुनासो गरेका थिए। त्यसपछि कुरा जिल्ला शिक्षा अधिकारीसम्म पुग्यो। जानकारी अनुसार सम्बन्धित शिक्षकलाई तत्काल निलम्बन गरिएको छ। 

सञ्जालमा भिडियो मजाकको कारण बने पनि घटनाले राज्यका सरकारी विद्यालयको दयनीय अवस्था देखाएको भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले बालबालिकाको भविष्यमाथि भइरहेको खेलबाड उजागर गरेको भनेका छ। एजेन्सी 

प्रकाशित: २ मंसिर २०८२ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App