नुवाकोट– संविधानको मस्यौदामा सुझाब संकलनका लागि गृह जिल्ला नुवाकोट आएका अर्थमन्त्री रामशरण महत चढेको गाडी लक्षित गरी पेट्रोल बम प्रहार भएको छ। उनी चढेको गाडी लक्षित गरेर सडक माथिको जंगलबाट फ्याँकिएको पेट्रोलम बम गाडी पास भइसकेपछि मात्र सडकमा खसेको थियो।
नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतका अनुसार बम प्रहार भएको स्थानमा ठूलो भिर र त्यसमाथि जंगल क्षेत्र छ। 'भिरमाथिको जंगलबाट आक्रमण भयाे', अर्थमन्त्री महतसँगै रहेका कांग्रेस नुवाकोटका सचिव एवं अर्थमन्त्रीका भतिज रमेशकुमार महतले नागरिकन्युजसँग भने, 'हामी अहिले कार्यक्रमस्थल खरानीटार आइसक्यौं।'
आक्रमणको भएको स्थान गणेशस्थान गाविसको छेदीखोला नजिकै हो।
प्रकाशित: ३ श्रावण २०७२ २३:४५ आइतबार





