१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

गाउँमा आतंक मच्चाउने पक्राउ

धरान–धारिलो हतियार बोकेर धरान २७ विष्णुपादुकास्थित धारापानीमा आतंक मच्चाउने ७ जना युवाहरुलाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान २२ का भिम बिक, सन्तोष तामाङ्ग, सुरज बिक, महेश परियार, ललित परियार, रमेश परियार र राज परियार छन् । उनीहरुलाई बिहिबार साँझ ५ बजे विष्णुपादुकाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट २ थान तरवार पनि वरामद भएको डिएसपी सिजापतिले जानकारी दिए ।

उनका अनुसार ती युवाहरु अघिल्लो दिन पनि त्यहाँ गएर हो हल्ला गरेका थिए । स्थानीयले हप्काए पनि भोलीपल्ट हतियार लिएर युवाहरु गाउँ गएका थिए । स्थानीयले खबर गरेपछि तत्काल प्रहरी पुग्दा अप्रिय घटना भने हुन पाएन । उनीहरुलाई केही सार्वजनिक अपराधअन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले धरान १६ का २७ बर्षीय भेषणकुमार राईलाई लागुऔषधसहित पक्राउ गरेको छ । शुक्रबार साँझ ६ बजे भानुचोकबाट समातिएका राईबाट लोवेजैसिक १७ एम्पुल, डाइजेलाव १७ एम्पुल र एभिल १७ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २७ असार २०७२ ०१:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App