जनकपुरमा २०६९ वैशाख १८ मा भएको बमकाण्डका मुख्य योजनाकारको अभियोग लागेका साहलाई प्रहरीले एक महिनादेखि खोजिरहेको थियो। सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उनी सद्भावनाका एक्ला प्रत्येक्ष निर्वाचित सभासद् हुन्। उनलाई दुई हप्ताअगाडी जिल्ला अदालत धनुषाले समेत पक्राउ आदेश जारी गरेको थियो।
जनकपुर बमकाण्डमा पाँचको मृत्यु र ३२ जना घाइते भएका थिए। साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउबारे १० बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउँने प्रहरीले जनाएको छ।
प्रकाशित: २० वैशाख २०७१ २०:१७ शनिबार





