लहान- क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोलीले सिरहाको गोबिन्दपुरबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोविन्दपुर-८ का भगेन्द्र महतो (३२) रहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।लहान र क्षेत्रको संयुक्त प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिहीबारर अबेर राति महतोलाई गाँजासहित पक्राउ गरेको हो। चोरी तस्करी, लागुऔषध ओसारपसार लगायतका अपराध नियन्त्रणका लागि मतहतसहित क्षेत्रको विशेष अनुसन्धान समूह सिरहा सप्तरी लगायतका जिल्लामा परिचालन गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख(डिआईजी) केशरीराज घिमिरेले बताए।
क्षेत्रको विशेष अनुसन्धान समूह परिचालन भएपछि विभिन्न अपराधमा सजाय फैसला भई फरार धेरै प्रतिवादी पक्राउ गरिएको घिमिरेले बताए।
प्रकाशित: १२ चैत्र २०७२ ००:०१ शुक्रबार