भारतबाट मुजहनीस्थित आँप बगैंचामा आँपको पात संकलन गरिरहेको बेला फकीरले बलत्कार गरेका थिए। करणीपछि अर्धचेत बनेकी बालिकालाई स्थानीयले सोतवा नाला किनारमा भेटाएका थिए। रगताम्य अवस्थामा भेटिएकी उनलाई सीमा प्रहरी चौकी हर्दौनाले उपचारका लागि तौलिहवा अस्पताल लगिएको छ। घटनाको अनुसन्धान र फरार अभियुक्तको खोजी जारी राखिएको सीमा प्रहरी चौकी हर्दौनाका प्रहरी नायब नीरिक्षक शिव कँुवरले बताए।
घटनाबारे जानकारी पाएलगत्तै साथी संस्थाको आस्था परियोजनाका संयोजक खगप्रसाद चापागाईं, पुरुष समुहका सदस्य तथा निर्वतमान गाबिस अध्यक्ष बेदीप्रसाद यादवले घटनाको स्थलगत अनुगमन गरेका थिए। टोलीले फारर अभियुक्तलाई पक्राउ गर्न माग गरेका छन्।
प्रकाशित: १० चैत्र २०७२ ०७:१९ बुधबार


-600x400.jpg)


