८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

ल्यारक्याललाई गोलीमा धरौटी, ठगीमा बैदेशिक रोजगार विभागमा बुझाइयो

काठमाडौं–अवैध गोली मुद्दामा जिल्ला प्रशासन कार्यलय काठमाडौंले धरौटीमा रिहा गरेपछि प्रहरीले एकीकृत माओवादीका निलम्बित सांसद ल्यारक्याल लामालाई ठगी मुद्दामा अनुसन्धान अगाडि बढाउन बैदेशिक रोजगार विभागमा बुझाएको छ।बैंकको लकरमा १४ गोली फेला परेपछि उनी विरुद्ध अवैध खरखजानामा अनुसन्धान अगाडि बढेको थियो। एक साताको अनुसन्धानमा लामाले सो गोली पाँच वर्ष अगाडि भेटिएका एक भारतीय नागरिकले राख्न दिएको दाबी गरेपनि प्रहरीले उनको दाबी विश्वसनीय नभएको प्रस्तावित राय सुझाव सरकारी वकिलको कार्यलयलाई बुझाएको थियो।

सोही प्रस्तावित रायको आधारमा दर्ता भएको अभियोग पत्रको आधारमा काठमाडौंका सिडियोले सोमबार ६६ हजार ७ सय धरौटीमा मागे। धरौटी बुझाएर मुक्त हुने निश्चित भएपछि काठमाडौं परिसरको प्रहरीले ल्यारक्याल विरुद्ध विभागमा विचाराधीन रहेको ठगी मुद्दा अनुसन्धानका लागि उनलाई विभाग कार्यलयमा बुझाएको हो। ल्यारक्याल विरुद्ध २ वर्ष अगाडि ओमान लैजाने भन्दै एक करोड बढी ठगी गरेको उजुरी विभागमा परेको थियो। विभागले उनलाई बुझाउन प्रहरीलाई पत्राचार गरेपनि सो पत्र त्यत्तिकै थन्किएको थियो। जिल्ला प्रशासनले धरौटी मागेपछि प्रहरीले ल्यारक्याललाई बैदेशिक रोजगार विभागमा बुझाएको छ। काठमाडौंका एसपी प्रद्युम्न कार्कीले जानकारी दिए।

प्रकाशित: ८ चैत्र २०७२ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App