सोमबार साँझ रविबाट छिमेकी बजारतर्फ हिँडेका रेग्मीको शव हत्या भएको अवस्थामा फेला परेको प्रहरी जानकारी दिएको छ । सोमबार साँझ मोटरसाइकलमा डिसहोम बनाउन सप्तमीतर्फ गएका रेग्मी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। रविमा रिचार्ज कार्ड र चुरोटको होलसेल डिलर सञ्चाल गर्ने इलामको फुयतप्पाका ३३ वर्षीय रेग्मी हत्या गरी जंगलमा फालिएको अवस्थामा शव फेला परेको घटना स्थलमै रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले बताए।
इलामको फुयतप्पा ५ मा मृत अवस्था बुधबार विहान फेला परेको प्रहरीले जानकारी दिएको छ । निदारमा गहिरो चोट लागकाले गोली प्रहार गरी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले लगाएको छ । रेग्मीको खुट्टा बाधिएको अवस्थामा शव भेटिएको छ । हत्याका बारे अनुसन्धान भइरहेको कोइरालाले बताए । सोमबार साँझ हराएपछि खोजी गर्दा मंगलबार उनको मोटरसाइकल र मोवाइल बाटोमा भेटिएको थियो । मोटरसाइकल र मोवाइल भेटिएको ठाँउदेखि केही टाढा रेग्मीको शव भेटिएको हो । रेग्मीको पोष्टमार्टमका लागि लागि इलामको मंगलवारे लाने तयारी भएको छ ।
प्रकाशित: ३ चैत्र २०७२ ०१:१७ बुधबार





