काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहसँग प्रतिस्पर्धा गरेका सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष समेत रहेका सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको हो।
सोही समायोजन कार्यक्रममार्फत सायमी आधिकारिक रूपमा नेकपामा समाहित भएका हुन्।
सायमीले २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
तत्कालीन समयमा बालेन शाहसँगको प्रतिस्पर्धामा उत्रिएका उनले १३,७७० मत प्राप्त गरी चर्चा कमाएका थिए।
प्रकाशित: ३० पुस २०८२ १५:०८ बुधबार





