तुलसीपुर—आफ्नै विद्यालय पढ्ने एक छात्रालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार एक शिक्षकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ।इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष रोकाकाअनुसार शान्तिनगर गाविस–९ जुम्लेकुला निवासी शिक्षक कृष्ण केसीविरुद्ध मुद्दा चलाइएको हो।
पीडितले दिएको उजुरीको आधारमा केसीमाथि कानुनी कारवाही चलाइएको हो। गत फागुन ६ गते केसीमाथि कक्षा ९ मा अध्ययनरत एक छात्रालाई काम छ भनी बोलाएर खेतमा लगी जबर्जस्ती गरेको आरोप छ।
गोप्यरुपमा मिलापत्र गर्ने प्रयास विफल भएपछि यो घटना प्रहरीसम्म पुगेको हो। रासस
प्रकाशित: १९ फाल्गुन २०७२ ०९:०२ बुधबार