२ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

विन–विन मार्केटिङले १५ हजार नेपालीलाई ठग्यो

कोहलपुर– भारतको गोरखपुरस्थित फात्तिमा अस्पताल नजिक कार्यालय रहेको विन–विन ट्रेड मार्ट कम्पनीको अवैधानिक मार्केटिङ व्यवसायबाट १५ हजार नेपाली ठगिएका छन्।

mart1.jpgmart.jpg

भारतीय विन–विन ट्रेड मार्केटिङ् कम्पनीले दुई लाख तिर्ने व्यक्तिलाई दिने गरेकाे परिचय पत्र। तस्विरः टेकेन्द्र बस्याल

मासिक ४० हजार रुपैँया कमाउने लोभमा दुई लाख रुपैँया जम्मा गरेका उनीहरुले भनेअनुसार रकम र सुविधा नपाउँदा ठगिएका हुन्। यो कम्पनीले अहिलेसम्म १५ हजार नेपालीलाई सदस्य बनाए बापत तीन अर्ब रुपैँया असुलिसकेको छ।

'हामी वनासरमा जाँदा त्यहाँ कम्पनी चलाउने सबै नेपाली भेटिए,' समशेरगन्ज–८ का कोइली चमारले भने, 'ठगिने पनि सबै नेपालीहरु नै रहेछौं। गाउँ गाउँमा आएर गरिब, बेरोजगार, सोझा सोझालाई फकाएर भारत पठाउने नेपालमा बस्छन्, दुई लाख फुत्काएपछि खासै सम्पर्कमा आउँदैनन्।'

उनका अनुसार बाँके, बर्दियाबाट यस कम्पनीका काम गर्ने र फकाउने व्यक्तिका लाखौंका पक्की घर, गाडी छन्। यस कम्पनीले बंैक खाताभन्दा विना प्रमाण नगदै रकम लिने गरेको छ। रकम बुझाउनेसँग कुनै आधार र प्रमाणपत्र नै रहन्छ । बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले भारतमा बसेर नेपालमा मार्केटिङ् धन्दा चलाउनु गैरकानुनी र अवैधानिक भएको बताए। 'कम्पनीबाट ठगिएका युवाहरु निवेदनसहित उजुरी लिएर प्रशासन वा प्रहरीमा आए अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाउँछौं,' उनले भने, 'कानुनबाहिर गएर भारतीय कम्पनी नेपालमा मार्केटिङ धन्दा चलाउने र पैसा जम्मा गर्नु दुवै अवैधानिक हो। उजुरी आए प्रशासनले प्रहरीमा मुद्दा दर्ता गरी ठगी मुद्दामा कारवाही चलाउँछ।'

यस कम्पनीबाट ठगिने युवाहरु प्रहरी र प्रशासनमा उजुरी लिएर आएका छैनन्। उनीहरुसँग रकम जम्मा गरेको प्रमाण नहुँदा पनि न्याय माग्न आउँदैनन् । भारतमा बसेर हजारौं ग्रामीण क्षेत्रका नागरिक ठग्नेहरु सबै नेपाली नै हुन्। यस मार्केटिङ व्यवसायका प्रबन्ध निर्देशक दाङ घोराहीका कुशल चौधरी हुन्। बनारसमा सन् १९९० देखि संचालनमा आएको यस मार्केटिङलाई नेपालीहरुले चलाइरहेका छन्। नागरिकलाई प्राप्त जानकारीअनुसार यसमा मुख्य व्यक्ति दाङका कुशल चौधरीले आफ्नै जिल्ला र भारतको वनासरमा करोडौको घर, सम्पत्ति जोडिसकेका छन्। मासिक ४० हजार कमाउने लोभमा दुई लाख रुपैँया तिरेकाहरु कंगाल भैइरहेका छन्। मार्केटिङ धन्दाको अगुवाई गर्नेमा बर्दिया मैनापोखर–६ का श्यामकुमार चौधरी, केशरजंग चौधरी रहेका छन्। बाँके कोहलपुर लखनहवाका अरुण चौधरी र बर्दिया राजापुरका चन्द्रप्रकाश चौधरी छन्। उनीहरु भारतीय क्षेत्रमा बसेर अवैधानिक मार्केटिङ व्यापार चलाएर अर्वौ रकम लिएर हजारौं युवाहरु ठगिरहेका छन्। कम्पनीका बाँके ईन्चार्ज श्यामकुमार चौधरीले नेपालका १५ हजार मानिस यो व्यवसायमा लागेको र यो चलाउने पनि नेपालीहरु नै रहेको बताए।

'हाम्रा प्रबन्ध निर्देशक दाङ घोराहीका कुशल जी हुनुहुन्छ, साथमा हामी पनि छांै,' गोरखपुरबाट नागरिकसँग कुरा गर्दै उनले भने, 'हाम्रो कम्पनीमा नेपालका ७५ जिल्लाका १५ हजार सदस्य छन्।' उनले भारतको वनासरमा कम्पनी दर्ता भएको बताउँदै भारतमा काम सजिलो तर नेपालमा लुकीछुपी गर्नुपर्ने समस्या रहेको बताए। विन–विनको सदस्य बनेपछि एक जनालाई कम्पनीमा दुई लाखसहित दर्ता गराए ३२ हजार रुपैयाँ अतिरिक्त रकम पाउने आश्वसन दिइन्छ।


प्रकाशित: १९ फाल्गुन २०७२ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App