५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

करणी आरोपमा दुई पक्राउ

इटहरी– बालिकालाई करणी गरेको आरोपमा इटहरीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीले इटहरी वडा नं. २३ का ५६ वर्षीय हरिनारायण चौधरी र वडा नंं. २४ का १७ वर्षीय ववी लिम्बूलाई पक्राउ गरी मुद्दा चलाएको हो।चौधरीले गाउँकै बालिकालाई खेतमा लगेर र लिम्बूले पनि गाउँकै बालिकालाई घरमा कोही नभएको मौकामा फकाएर बोलाएर करणी गरेको उजुरी परेको आधारमा पक्राउ गरी मुद्दा चलाएको इटहरीका डिएसपी ओम अधिकारीले बताए। उनका अनुसार चौधरीलाई जबरजस्ती करणी उद्योग र लिम्बूलाई जर्बरजस्ती करणीमा मुद्दा चलाएर अनुसन्धान भइरहेको छ।

सुनसरीमा एकपछि अर्को जर्बरजस्ती करणीजस्ता कुर्कत्यका घटनाघटना हुने क्रम बढ्दो छ। करणी गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाई फकाई प्रलोभनमा पारेर गर्ने गरेका छन् । प्रहरीको अनुसार बालिकालाई भने बढीमात्रमा ललाई फकाई जबरजस्ती करणी गर्ने गरिएको पाइएको छ।

प्रकाशित: १८ फाल्गुन २०७२ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App