मोटरसाईकल, ल्यापटप, साईकल, मोबाईल उपचार पाउने भन्दै एक सय १० जना व्यक्तिबाट दुई सय रुपैयाँ असूलेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकल, ल्यापटप, मोबाईल लगायतका आकर्षक उपहारबाट लोभ्याउँदै भाग्य चिठ्ठाबाट रकम उठाएर आफन्तका नाममा साईकल लगायतका सामान्य उपहार दिएपछि चिठ्ठा भर्नेहरुले उनीहरुलाई नियन्त्रणमा लिई आईतबार साँझ कोहलपुर प्रहरीलाई बुझाएका थिए। प्रहरीले पक्राउ गरेका दुवै व्यक्तिले चिठ्ठा भर्ने सबैलाई दुई सय रकम फिर्ता गर्ने सहमती गरेपछि उनीहरु सोमबारै छुटेका छन्। 'सोमबार नौँ जनाले आफ्नो रकम फिर्ता पाएका छन्, बाँकीलाई फोन सम्पर्क गरि रकम फिर्ता गर्ने सहमती भएको छ,' ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीवबहादुर बस्नेत भने। उनीहरु विरुद्ध दश जनाले ठगी गरेको भन्दै संयुक्त निवेदन दिएका थिए।
प्रकाशित: १७ फाल्गुन २०७२ ०६:१० सोमबार





