महोत्तरी– रक्सी पिएर स्थानीय महिलालाई यौन दुर्व्यवहार गर्ने जिल्ला अदालत महोत्तरीका न्यायाधीश द्वय पूर्णप्रसाद बास्तोला र प्रकाश ढुंगानाको घटना भएको दिन पनि पेशी रहेको खुलेको छ।
यौनदुर्व्यवहार प्रकरणमा जिम्मेवारी मुक्त गरी सर्वोच्च अदालतले काठमाडौं तानेका दुई मध्ये न्यायाधीश बास्तोलाको जिल्ला अदालत महोत्तरीका दुई नम्बर बेञ्च इजलासमा अंश दर्ता, हालैदेखिएको बकसपत्र लिखित दर्ता बदर दर्ता, जग्गा खिचोला र सार्वजनिक बाटो खिचौला घर उठाई बाटो खुलाई कायम गराई पाऊँ भन्ने जस्ता चार वटा मुद्दाको फागुन ९ गते आइतबारका दिन पेशी रहेको देखिएको हो।
त्यस्तै ४ नम्वर बेञ्ज हेर्ने न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा चोरी अन्य, लेनदेन, घर जग्गा खिचोला छोडाई चलन चलाई पाउँ र सार्वजनिक अपराधसम्बन्धी चार वटा मुद्दाको पेशी रहेको जिल्ला अदालत महोत्तरीको मुद्धा सम्बन्धी फागुन ९ गतेको कल लिष्टमा उल्लेख रहेको छ । कल लिष्टले न्यायाधीश द्वय बिदामा नरहेको समेत स्पष्ट हुन्छ । तर, यसबारे जिल्ला अदालत महोत्तरीका कुनै पदाधिकारीले औपचारिक प्रतिक्रिया दिन मानेका छैनन्।
'यसबारे औपचारीक जानकारी दिने अधिकार अदालतका श्रेष्तेदारसँग मात्र रहेकोले हामीले केही बोल्न मिल्दैन,' अदालतका एक कर्मचारीले भने। श्रेष्तेदार लेखनाथ भट्टराई भने एक कार्यक्रममा सहभागी हुन काठमाडौं गएको र निमित्त श्रेष्तेदार पनि कार्यालयमा अनुपस्थित रहेकाले जिल्ला अदालत महोत्तरीका कर्मचारीहरु अदालतको कुरा संम्वेदनशील भएकाले केही पनि भन्न नमिल्ने नागरिक न्यूजसँग बताए।
दुव्र्यवहार मुद्दामा काठमाडौं तानिएका न्यायाधीश प्रकाश ढुंगाना आइतबार साढे चार बजे अदालत पुगेर उनको बेञ्चमा परेको मुद्दाहरुको पेशी लिएको उनको फाँट हेर्ने जिल्ला अदालत महोत्तरीका नायव सुब्बा बद्री पोख्रेलले बताए। तर, न्यायधीश बास्तोलाको बेञ्चको पेशी भए–नभएको वारे आफूलाई केहि पनि जानकारी नभएको पोख्रेलको भनाइ छ। न्याधीश बास्तोलाको फाँट हेर्ने नायव सुब्बाले समेत आफूले केही बोल्न नमिल्ने भन्दै जे सोध्नु परे श्रेष्तेदार आएपछि मात्र हुन्छ भन्दै जवाफ फर्काए। घटना भएको दिन न्याधीश बास्तोला साढे तीन बजेदेखि राति १० बजेसम्म इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहे पनि उनको बेञ्चको पेशीसम्बन्धी कललिष्टमा स्थगित लेखिएर कालोपेनले केरकार गरेर १ मा अ.वा र २ मा रोक्का उल्लेख रहेको भेटिएको छ। कल लिष्टमा स्थगित लेखिएको कस्ले केराकार गरेको र तल दुई वटा बँदा कसले थपेको भन्नेबारे अदालत महोत्तरीका कसैले पनि केही बताउन चाहेनन् ।
नेपाल वार एशोसिएशनमा फाईल गरेर राखिएको कल लिष्टमा न्याधीशको मुद्दासम्बन्धी पेशीको कल लिष्टमा यस्तो केराकार देखिएको हो । न्यायाधीश द्वयलाई घटना भएको आइतबारका दिन उक्त मुद्दाहरुको पेशी सुनवाई गर्नुपर्ने र सोही मुद्दाको पेशी हेर्न उनीहरु काठमाडौंबाट जिल्ला अदालत आउन लागेका थिए । दिउँसो १२ बजे जिल्लाको बर्दिवास स्थित होटल शिशमहल पुगेका न्याधीश द्वय खाजा खाने मनसायले होटल छिरेका थिए। होटलमा पहिलेदेखि नै केही स्थानीय ठेकेदारहरु पनि खाजा खाई रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। त्यहीँ न्यायाधीशद्वयले पनि खाजा खानुका साथै रक्सी समेत पिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटना सम्बन्धमा होटल शिशमहलका साहु दीपेन्द्र पराजुलीसमेत केही बोल्न चाहेनन् । होटलमा १२ बजेतिर दुई तीन जनासंगै आएको बताउँदै होटल साहु पराजुजीले घटना बाहिर आएभन्दा फरक प्रकृतिको रहेको नागरिकन्यूजसँग बताएका छन्। घटना बारे विस्तृत छानविन बाट नै यर्थाथ कुरा बाहिर आउने भएकोले तत्काल आफू होटल साहु पराजुलीको भनाइ छ।
दिउँसो ३ बजे स्थानीय बचत तथा ऋण सहकारी संस्थाका लागि किस्ता असुल गर्न आउँदा रक्सी पिएकै सुरमा एक जना न्यायाधीशले ती महिलासँग 'जाउँ कालि रमाइलो गरौं, तिमी त मेरो आफनो मान्छे हौ, जाउँ माया प्रेम गरौं,' भनेर अपशब्द प्रयोग गर्दै यौनजन्य दुव्र्यवहार गरेका थिए । अपशब्द प्रयोग गर्दा पनि ती महिलाले वास्ता नगरी होटल काउण्टरबाट किस्ता बुझेर पासबुक भर्दै अर्को पसलमा जान खोजेकी थिइन्। पासवुक होटल साहुलाई दिएर निस्कन खोज्दा अपशब्द प्रयोग गरेका न्यायाधीशले पिछा गरेर फेरि पनि दुव्र्यवहार गर्न खोजेको पीडितका आफन्तहरुको आरोप रहेको छ। पीडित महिला 'मलाई यिनिहरुले दुव्र्यवहार गरेको हो,' भन्दै चिच्याउन थाले पछि त्यहाँ हल्ला खला हुन पुगेको थियो।
हल्ला खल्ला सुनेर जम्मा भएका पीडितका आफन्त र स्थानीयहरुले कस्ले दुव्र्यवहार ग¥यो भनेर सोध्दा ती महिलाले आफूसँग दुव्र्यवहारको गर्ने व्यक्तिको हुलिया त्यहाँ उपस्थित भएकाहरुलाई बताकि थिइन्। दुव्र्यवहार गर्ने व्यक्ति न्यायाधीश नै हुन् भनेर नचिन्दै पिडितका आफन्त र स्थानीयहरुले उनलाई नियन्त्रणमा लिएर कारवाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबासको जिम्मा लगाएका थिए । प्रहरीसमक्ष बयानको क्रममा दुव्र्यव्हार गर्ने व्यक्ति न्यायाधीश रहेको खुलेको थियो। तर स्थानीय प्रहरीले उक्त घटनालाई माफी मगाएर सामसुम पार्ने र घटनाको यथेष्ट कुरा संचार माध्यममा आउन नदिने तयारी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराइले इप्रका बर्दिवासका प्रमुख शालिग्राम शर्मालाई संचारकर्मीहरुलाई केही नभन्न निर्देशन दिदैं प्रहरी, पीडित पक्ष र स्थानीयहरुलाई छलफल गराएर राति १० बजे न्यायाधीश बास्तोलाई पीडितसँग दुबै हात जोडेर माफी मगाउन लगाएर छाडेका थिए। उत्ता न्यायाधीश ढुंगानातर्फ कसैको ध्यान नपुगेपछि उनी होटलबाट बाहिरएर आईतबार साढे चार बजे जिल्ला अदालत महोत्तरीमा आएर आफना बेञ्चमा परेको मुद्धाको पेशी लिएका थिए।
पीडित र स्थानीयले एक जनालाई मात्रै नियन्त्रणमा लिएर कारवाहीको लागि प्रहरीमा बुझाएकाले न्यायाधीश बास्तोलाको नाउँ संचार माध्यममा आए पनि न्यायाधीश ढुंगानाको नाउँ बाहिर आउन सकेको थिएन। गम्भीर अनुसन्धानका लागि उनीहरुलाई केन्द्र तानिएको र घटना बारे सर्वोच्चले आवश्यक छानविन थालेको हो। रक्सी पिएर सार्वजनिक स्थलमा गएको र महिलामाथि यौन दुव्र्यवहार गरेको घटना नागरिकन्यूजबाट सार्वजनिक भएपछि सर्वाेच्च अदालतले न्यायाधीशद्वयलाई न्याय निरुपणको जिम्मेवारी मुक्त गरी थप अनुसन्धानका लागि काजमा केन्द्र तानेको हो।
सर्वाेच्चले संचार माध्यममा आएको समाचारलाई आधार बनाउँदै न्यायाधीश आचारसंहिता विपरीतको कार्य गरे–नगरेको विषयमा विस्तृत अध्ययन गर्न केन्द्र झिकाइएको जनाएको छ। न्यायधिश आचारसंहिताको बुँदा नं ६ मा न्यायाधीशले आफना हरेक क्रियाकलापको व्यक्ति र समाजले नित्य निगरानी, अनुगमन र मूल्यांकन गर्न हुँदा सदैव आफ्ना कारणबाट कुनै नागरिक वा समुदायलाई अनुचित बोझ नहोस् भन्ने विचार गरेर आफना क्रियाकलाप नियन्त्रित गर्नु पर्छ भनिएको छ ।
प्रकाशित: १२ फाल्गुन २०७२ ०५:३६ बुधबार





