टेलिफिल्मका कथानकहरु तयार पार्दापार्दै यसलाई पुस्तकका पाठकहरु समक्ष पनि लैजाने चाहना विकास भएको संगीताले सुनाइन्।'यो पुस्तक त्यसै चाहनाको प्रतिफल हो,' उनले भनिन् ।
पुस्तकका कथाहरुजस्तै प्रेम र त्यसपछि विकास हुने सम्बन्धहरुको बारेमा दुवैले खुलेर चर्चा गरे। पुरुष र पतिका चर्चाहरु पनि भए। महिलाहरुका निम्ति प्रेमको अर्को पाटो मातृत्व पनि हो। निकट भविष्यमै त्यसको अनुभव गर्ने क्रममा रहेकी माल्भिका जिज्ञासु थिइन्।
लेखिका श्रेष्ठका १० वटा लघुकथाहरुको सँगालो 'कथामा अल्झिएका प्रेम' मुलुकभर प्रमुख पुस्तक विक्रेताहरु समक्ष उपलब्ध पुगिसकेको नेपालयले जनाएको छ। कार्यक्रममा नेपालयका किरणकृष्ण श्रेष्ठले आयोजना हुँदै आएको 'बुक एण्ड ब्रेकफास्ट सिरिज' अन्तर्गत मार्च महिनामा पब्लिकेशन्सको अर्को नयाँ कृति गिरीश गिरी लिखित वीरगन्ज सहरको जीवनी रहने जानकारी दिएका थिए।
प्रकाशित: ९ फाल्गुन २०७२ ०१:१० आइतबार





