५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

याैनसम्पर्क गर्न नमान्दा आमाछोरीकै हत्या गर्ने आरोपी थुनामा

रौतहट– दुई महिनाअघि रौतहटमा एकैपटक आमा छोरीको हत्या गरेको अभियोगमा एकजना अभियुक्तलाई जिल्ला अदालत रौतहटले पुर्वपक्षका लागि जेल चलान गरेको छ।


रौतहटको हर्दिया पल्टुवा गाविस वडा नम्बर ३ की ३५ वर्षीया रेणुदेवी साह र ९ वर्षीया छोरी अंकिता कुमारीको पुस ४ गतेराति धारीलो हतियार प्रहार गरी हत्या भएको थियो। आमा रेणु र छोरी अंकिताको हत्या आरोपमा पक्राउ परेका चन्द्रपुर नगरपालिका वडा नम्बर १३ का ५० वर्षीय राजेन्द्र दास तत्मालाई मंगलबार रौतहट जिल्ला अदालतका न्यायधिश लक्ष्मीराम ढुङ्गानाको इजलासले पुर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मृतक महिलाका श्रीमान रामबालक साह चार वर्षअघि बैदेशिक रोजगारीमा गएको मौका छोपेर घरबाट बाहिर बोलाएर रेणु र छोरी अंकिताको शरिरभरी धारिलो हतियार प्रहार गरी विभत्स तवरले हत्या गरेका थिए । घटनापछि लामो समयसम्म रौतहट प्रहरीले गहन रुपमा अनुसन्धान गर्दै जाँदा मृतकले प्रयोग गरेको मोबाइको आधारमा तत्मासँग धेरैपटक कुरा भएको भेटियो।

प्रहरीले तत्मालाई घटना घटेको चार दिनपछि बिश्रामपुर गाविसबाट पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा अझ अनुसन्धान दुरुस्त बनाउन माघ १२ गते उनको पोलिग्राफी ग¥यो। तत्मालाई प्रहरीले गरेको पोलिग्राफीमा ०.१ प्रतिशत पनि निर्दोष भेटिएन। पोलग्राफी अनुसन्धानको माध्यमबाट तत्माले रेणुलाई फोन गरेर शारीरिक सम्बन्ध राख्नको लागि घरबाट बोलाएका थिए। तर उनी घरबाट माइली छोरी अंकितालाई सँगै लिएर आएपछि तत्माले सोचेको काममा छोरी बाधक बनेपछि आवेगमा आएर दुवै जनामाथि अन्धाधुन्ध खुकुरी प्रहार गरी छतविछत अवस्थामा पारेर आमा छोरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैसवालले बताए।

शुक्रबार राति खाना खाएर तीन जना छोरीसँग सुतेकी रेणुले बिहान ३ बजे सासु एतवरिया देवीलाई माइली छोरी अंकितासँगै खेतमा शौच गर्न जाँदैछु भनेर बाहिर गएका थिए। आमाछोरी एक घण्टासम्म घर नफर्किंदा सासु एतबरिया र देवर रामएकवाल साह खोजतलास गर्दै जाँदा घरभन्दा ३ सय मिटर दक्षिण पूर्व–उत्तर उखुबारी नजिकको बाटोमा विभत्स रुपमा हत्या गरिएको अबस्थामा दुवैको शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको थियो।

आमा छोरीको घाँटी, टाउको, औंला, अनुहारसहित शरिरको विभिन्न भागमा धारिलो हतियारले काटेर विभत्स हत्या भएलगत्तै प्रहरीले अपराधी पत्ता लगाउन तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । मधेसमा जारी आन्दोलनको बेला प्रहरी–जनता बीचको समबन्ध चिसिएको बेला भएको घटना पत्ता लगाउन रौतहट प्रहरीलाई ठूलो चुनौतीको सामना गर्नु परेको थियो। अनुसन्धान गर्दै जादा सफल भएको रौतहटका प्रहरी प्रमुख डाक्टर गणेश रेगमीले बताएका छन्।

यस्तै मंसिर ६ गते धरमपुर गाविसमा नम्बर ९ पकहाबखरीटोलका २६ नन्दकिशोर यादवले पनि आफ्नै आमा र बहिनीलाई कोदालोको पासोले काटेर हत्या गरेको थियो। ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारी यादवलाई कोदालोको पासोले काटेर हत्या गरेको थियो। उनलाई पनि पुर्वपक्षको लागि थुनामा राखिएको छ।

प्रकाशित: ५ फाल्गुन २०७२ ०६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App