रौतहट– बर्ड फ्लुका कारण कुखुरा व्यवसायी चौपट भइरहेका बेला सीमावर्ती भारतीय तस्करले अवैधरुपमा प्रतिबन्धित सेतो कुखुराको चल्ला आयात गरेर झन् समस्या चर्काएका छन्।
तयारी सेतो कुखुरा र चल्ला तस्करहरुले भारतीय बजारबाट क्वारेन्टाइन परीक्षण बिना नै विभिन्न खुल्ला नाका हुँदै नेपाली बजारमा भारतीय सेतो कुखुरा चल्ला तथा तयारी सेतो कुखुराको तस्करी नर्वाध रुपमा गरिरहेका छन्। तस्करी गरिएको कुखुरा र चल्ला स्थानीय पोल्ट्री फर्मको नामबाट देशका विभिन्न सहर बजारहरुमा समेत तस्करहरुले पु¥याइ रहेका छन्।
खुला सीमा नाकाहरुबाट स्थानीय सुरक्षाकर्मीकै मिलेमतोमा कुखुराको चल्ला भारतबाट अवैधरुपमा भित्रिने क्रम तीब्र भएको गुनासो कुखुरा पालक व्यवसायीले गरेपछि सशस्त्र प्रहरीले मंगलबार राति ३ हजार सेतो कुखुराको चल्ला बरामद गरी ६ जना भारतीय तस्करलाई रंगेहात नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बिओपी सरमुजवाबाट खटिएको गस्तीटोलीले भारतको घोडासहानबाट बाराको कर्चोबा नाकाहुँदै नेपालतर्फ भित्रयाउँदै गरेको अवस्थामा वंकुल बजास्थित बम नहरबाट तस्करसहित चल्ला नियन्त्रणमा लिएकोे सशस्त्र प्रहरी उपरीक्षक मदनसिंह बिष्टले बताएका छन्। प्रतिबनिधत सेतो कुखुराको चल्ला तस्करी गरेको आरोपमा भारत पूर्वी चम्पारण मोतिहारी जिल्लाका महुअवा ग्राम पञ्चायत ३ का राजेश कुमार यादव, भोला राय यादव, जितन राय यादव, दरोगा राय यादव, रामाधार यादव र पुन्देव राय यादवलाई ६ वटा साइकलमा लोड गरिएको करिब ३ हजार चल्लासहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए।
पक्राउ परेको तस्कर र कुखुराको चल्लालाई करिब साढे दुई लाख रुपैयाँ मूल्य कायम गरेर बुधबार आवश्यक कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ। तस्करहरुलाई गौर भन्सार कार्यालयले जनही पक्राउ परेका मालसमानको विगो र दण्ड सजाय वापतको जरिवाना माग गर्दै ६ जना भारतीय तस्करलाई हिरासतमा राखिएको र प्रतिबन्धित सेतो कुखुराको चल्ला सशस्त्र प्रहरीको बिओपी गौर भन्सार कार्यालयको परिसरमा जिल्ला क्वारेन्टाइन, भन्सार प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको गौर भन्सार कार्यालयका नायव सुब्ब बसन्त सापकोटाले बताए।
सीमावर्ती भारतिय बजारका तस्करहरुले रौतहटको औरैया, जयनगर, वंकुल, लक्ष्मीपुर वेलविछवा, मठिया, वन्जरहा, ब्रहम्पुरीलगायतका नाकाबाट रातिको समयमा व्यापक मात्रामा भारतीय चल्लाको तस्करी भइरहेको कुखुरा व्यवसायी संघ रौतहटका कोषध्यक्ष राकेशप्रसाद साहले बताए। नेपाली सिमाक्षेत्रमा खटिएका स्थानीय प्रहरीको मिलोमतको कारण र सर्वसाधारणमा कुखुराबाट हुने बर्डफलु रोगको जनचेतनाको कमिले गर्दा कखुरा तस्करी नेपाल आउने क्रम नरोकिएको साहको भनाइ छ।
नेपालमा सेतो कुखुराको उत्पादनमा कमी आउन थालेपछि तस्करहरुले नेपाल भारत खुलला सिमानको फइदा उठाउँदै चोर बाटो प्रयोग गरेर व्यापक रुपमा रौतहटको विभिन्न नाका भएर कुखुराको तस्करी तिव्र पारेका देखिएको छ। मधेस आन्दोलन पिसथिल भए लगतै सशस्त्र र नेपाल प्रहरीले माघ महिनामै करिब दश हजार भन्दाबढी कुखुराको चल्ला बरामद गरी नष्ट गरेको नष्ट गरिसकेको जिल्ला क्वारेनटाइन चेकपोष्टका निमित प्रमुख रामानन्द झाले बताए । रौतहट जिलला भरिमा पशु कार्यालयमा १५३वटा पोल्ट्री फर्म मात्र दर्ता रहेको तर तिन सयभन्दा वढि संचालनमा रहेको पशु कार्यालयले जनाएको छ ।
तराइमा गर्मिको कारण कुखुरा पालन गर्न वातावरण नमिलेकोले नयाँनयाँ किसिमका रोगको कारण चल्ला उत्पादनमा समस्या हुने भएकोले नेपाली चल्ला महंगो पर्ने भएकोले भारतमा कुखुराको चल्ला र तयारि सेतो ब्वाइलर कुखुरा धेरै सस्तो भएकोले तस्करहरुले राति चारवाटो प्रयोग गर्दै अधिकाश वोर्डर एरियामा संचालित कुखुरा फर्महरुमा भारतिय चल्ला नै बिक्रीवितरण भइरहेको कुखुरा व्यवसायी संघका कोषध्यक्ष साहले बताएका छन ।
प्रकाशित: ५ फाल्गुन २०७२ ०३:४८ बुधबार


-600x400.jpg)


