घरनजिकै रहेको परालको कुन्युमा घाँटी रटेर हत्या गरिएको अवस्थामा बुधबार विहान ८ बजे शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। २४ गतेदेखि बेपत्ता बालकको २४ गते नै हत्या गरिएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा पढ्ने थारुको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
शव पोष्टमार्टमपछि बुधबारै आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ। थ्प अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २७ माघ २०७२ ०७:०७ बुधबार





