२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सोमबार पत्रकार सम्मेलन गर्दै रेनु

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सोमबार पदबाट राजीनामा दिने भएकी छिन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिन लागेकी हुन्।

यसका लागि उनले भोलि नै विशेष पत्रकार सम्मेलनको आयोजना गरेकी छिन्।

महानगर स्रोतका अनुसार पत्रकार सम्मेलनमार्फत आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक गर्दै उनले विधिवत रूपमा राजीनामाको घोषणा गर्नेछिन्।

प्रतिनिधिसभा निर्वाचनमा होमिनका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कानुनी व्यवस्था भएकाले उनले पदत्याग गर्न लागेकी हुन्।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि संसदीय निर्वाचन लड्न पदबाट राजीनामा दिइसकेका छन्।

प्रकाशित: ४ माघ २०८२ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App