२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपर्‍यो: शेखर कोइराला

फाइल।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका छन्।

नेता कोइरालाले काठमाडाैंमा आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलामा मध्यमार्ग र सत्यको बाटो अप्ठ्यारो हुने भन्दै आफूले मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताएका हुन्।

‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ, म सत्यको बाटो हिँडिरहेको छु, यसबाट विचलित हुन्न,’ उनले भने, ‘पार्टी कठिन अवस्थामा रहेकाले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई सङ्कटबाट जोगाउनुपर्ने आवश्यकता छ।’

नेता डा. कोइरालाले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभए पनि देश र लोकतन्त्र सङ्कटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको धारणा राखे।

उनले नेता तथा कार्यकर्तालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकाले आफूलाई अदालतको निर्णय मान्ने हुने नेता कोइरालाको भनाइ थियो।

प्रकाशित: ४ माघ २०८२ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App