काठमाडौं– चरेस कारोबारमा कहलिएका तस्कर दिलबहादुर गुरुङ समुहका सदस्यसमेत ९० किलो चरेससहित पक्राउ परेका छन्।

राताे ज्याकेटमा काराेबारी गुरूङ र उनकाे समुहका अन्य चार सदस्य।
२०५४ देखि चरेसको धन्दामा संलग्न गुरुङलाई लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंको पानीपोखरीमा पक्राउ गरेको हो।
गुरूङ समुहकाे साथबाट बरामद गरिएकाे चरेस।
गुरुङलाई पक्राउ गर्नुअघि प्रहरीले धापासीमा चरेस प्याकिङका सामाग्रीसहित हरेराम तामाङ, अक्कलबहादुर तामाङ, नरबहादुर गुरुङलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुको साथबाट चरेस, चरेस लुकाउन प्रयोग गरीने धार्मिक पुस्तक, जुत्तालगायतका सामाग्री बरामद गरेको छ।
ब्युरोका डिआइजी केशरीराज घिमिरेका अनुसार चरेसको धन्दामा संगठित रुपमा सक्रिय रहेका गुरुङले सो चरेस हङकङ, इटली, क्यानडालगायतका देशमा कुरियरमार्फत पठाउने तयारी गरेका थिए। सूचनाको आधारमा खोजी गर्दा प्रारम्भमा तामाङ द्वय पक्राउपरेपछि गुरुङबारे खेलेको थियो। त्यसपछि उनी पक्राउ परेका हुन्।
प्रहरीले प्रारम्भमा २०५४ मा गुरुङको पहिचान गरेको थियो। २०५० मा ५० किलो चरेससहित दिपेन्द्र मगर र रामबहादुर हमाल पक्राउ परेपछी गुरुङको जालो खुलेको थियो। २०५९ मा धापासीमा पुन १० किलो चरेससहित गुरुङ पक्राउ परेपछि उनी अदालतबाट धरौटीमा छुटेका थिए। २०६० मा पुन उनी ६ सय ६९ किलो चरेसको केसमा तानिए पनि सर्वोच्चबाट पुन धरौटीमा निस्किएका थिए।
२०५४ को केसमा ब्युरोले उनलाई जेठ २८ मा पक्राउ गरेको थियो। उनी सो केसमा समेत २ लाख धरौटीमा छुटेका थिए ।
प्रकाशित: २० माघ २०७२ ०५:३७ बुधबार





