'बलात्कार जस्तो जघन्य अपराधमा आर्थिक लेनदेनले मिलापत्र गर्नु अपराध हो' डिएसपी रजौरेले भने 'कानुनी कारवाहीको दायरामा ल्याउँछौँ ।' एक स्थानीयले बलात्कारको घटना पैसामा मिलाएको खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो । एक लाख रुपैयाँ पीडितले पीडकलाई दिने कागज गराएर केही स्थानीयको रोहवरमा मिलापत्र भएको खुलेको छ । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो सँगै बितेको दुई महिन भित्र गोरखामा छ वटा बलात्कारका घटना भएका छन् । यी मध्ये पीडित तीनवटा शारीरिक रुपमा अशक्त र तीनजना बालवालिका रहेका छन् ।
प्रकाशित: १९ माघ २०७२ ०८:०५ मंगलबार





