९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

काठमाडौंका स्थानीय विकास अधिकारी सहित पाँच जनालाई भ्रष्टाचार मुद्दा

कठमाडौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितहरुको नाममा भ्रष्टाचार गर्ने काठमाडौ जिविसका स्थानीय विकास अधिकारी तिर्थराज भट्टराई सहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


अख्तियारले स्थानीय विकाश अधिकारी भट्टराई,लेखा अधिकृत यामनारायण शर्मा, स्टोर किपर चिरजीवी खड्का तथा सप्लायर्सहरु मिथिलेश्वर तिवारी , झम्कप्रसाद गौतम र होमप्रसाद गौतमलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले जिल्ला विकास समितिका कर्मचारीसँग सरकारलाई नोक्सान भएको ३५ लाख बरावरको रकम विगो कायम गरेको छ भने सप्लायर्सहरुलाई तिवारीलाई २२ लाख ३४ हजार ,गौतमलाई ८ लाख ९३ हजार र होमप्रसाल गौतमलाई ३ लाख ८३ हजार विगो असुल हुनुपर्ने आरोपपत्रमा उल्लेख छ।

अख्तियारले भूकम्प पीडितहरूको लागी वितरण गर्न भनी खरिद गरेको त्रिपाल बढी गुणस्तर, परिमाण र साईज उल्लेख गरी कम गुणस्तर, परिमाण र साईजको त्रिपाल खरिद गरी वितरण गरेको पाइएको दावी आरोपपत्रमा गरेको छ।

सरकारले घोषणा गरेको भंसार छुट सुविधामा आपूर्ति भएका त्रिपालहरूको शुल्क दाखिला गरी आयात गरेका त्रिपालको भन्दा पनि चर्को मूल्य कायम गरी खरिद गरेको देखिएको आरोपपत्रमा उल्लेख छ। भारतबाट ३ लाख २८ हजार १६मा आयात भएको त्रिपाललाई ४३लाख ७९हजार ७ सय ४५ कायम गरी गराई खरिद बिक्री समेत भएको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। मितव्यियता तथा आर्थिक पारदर्शिताको सिद्धान्त विपरित मिलोमतोमा गैर कानूनी आर्थिक लाभ र कमिशन लिने वदनियतले गरेको र सो बाट सरकारलाई ३५ लाख बराबर नोक्सान भएको आरोपत्रपमा उल्लेख छ।

प्रकाशित: १९ माघ २०७२ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App