३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

धारिलो हतियार प्रहारबाट सहनीको मृत्यु

सर्लाही-सर्लाहीको सेखौनामा लुटेरा समूहको धारिलो हतियार आक्रमण एक जनाको मृत्यु भएको छ। सेखौनाबाट धनगढा तर्फ घर आउँदै गरेका धनकौल–७ का २२ वर्षीय रामपुकार सहनीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहारी निरीक्षक हेमन्त राणाले बताए।


चार जनाको समूहमा रहेका लुटेराहरुले मोटर साइकलमा आउदै गरेका तीन जनामाथि अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा अत्याधिक रगत बगेका कारण उपचारका लागि बरहथवा लिएर आउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक राणाले बताए।

लुटेराको आक्रमणले मोटर साइकलमा सवार धनकौल–७ का २२ वर्षीय शिवजी सहनि र १८ वर्षीय सागिरत सहनी घाइते छन्। घाइते दुबै जनाको उपचार बरहथवा स्थित अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

चार जनाको समूहमा रहेका लुटेरा र मोटर साइकलमा घर तर्फ आउदै गरेका तीन जनाबीच लामो समय सम्म संघर्ष चलेको र लुटेरा समूहले तीनै जनालाई धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा रहेका आरोपित बारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: १६ माघ २०७२ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App