मंगलबार दिउँसो इटहरीकै हिमालय वैक अगाडि पार्किङ् गरी राखेको बैकका कर्मचारी अनिकेत भुजेलको बा ६४ प ४५९२ नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदा मुख्य नाइके भोक्राहाका इर्फान अनसारी पक्राउ परेपछि उनकै बयानका आधारमा अन्य छ जना पक्राउ परेको इटहरीका डिएसपी ओम अधिकारीले बताए । इर्फान केही समयअघि इटहरीकै तरहराको वर्कसपमा काम गर्ने गरेको र त्यहाँ झगडा भएपछि घर फर्केर चोरी गर्ने धन्दामा लागेको खुलेको छ।
उनका अनुसार पछिल्लो समय इटहरीबाट पार्किङ् गरेका मोटरसाइकल चोरी गर्ने क्रम बढेपछि इटहरीको मुख्य चोक क्षेत्रमा सादा पोशाकका प्रहरीको टोली परिचालन गर्ने गरिएको छ। सादा पोशामै परिचालन गरिएका प्रहरीको निगरानीबाट एकै दिन सात जना पक्राउ परेको अधिकारीले बताए । प्रहरीले साइक चोरी गर्ने सुनसरी रामधुनी भासीका हरि शर्मा र सोही ठाउँका अमिन खानलाई पनि पक्राउ गरि मुद्दा चलाएको छ। दुई साताअघि पनि इटहरी प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहमा संलग्न आठ जनालाई पक्राउ गरि मुद्दा चलाएको छ।
इटहरीसँगै पूर्वका धरान, इनरुवा, उर्लाबारी, दमकलगायतका स्थानमा पछिल्लो समय मोटरसाइकल चोरी गर्न संगठीत गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरी गर्ने समूहले तत्काल फरक कलर प्रयोग गरि पेन्टिङ् गर्ने गरेको र ग्रामीण क्षेत्रमा सस्तो मूल्यमा विक्री गर्ने गरेको खुलेको छ ।
प्रकाशित: १३ माघ २०७२ ०८:१६ बुधबार


-600x400.jpg)


