११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

मेलाको बिवादमा बालकको अपहरण

महोत्तरी-भटौलिया २ बस्ने रविन्द्र महासेठको ८ वर्षीय छोरा जिनेस भनिने चिरञ्जीवी महासेठलाई आईतबार साझ एक समूहले अपहरण गरेको छ। आफ्नै घर अगाडी आईतबार साझ ७ बजे सम्म खेल्दै गरेका ८ वर्षीय बालक महासेठलाई गाउँकै केहि युवाहरुको सहयोगमा अपहरण गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी जनक भट्टराईले बताए।


एसपी भट्टराईका अनुसार भटौलिया ३ का अनिसकुमार साहको सहयोगमा चार जनाको समूहले बालकलाई अपहरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

साझँ ७ बजे सम्म घर अगाडी खेल्दै गरेको बालक एक्कासी बेपात्ता भए पछि आफन्तले खोजी गरेका थिए।

गाउँमा आउँदो माघ ५ गते झण्डा मेला आयोजना हुन लागेको र अपहरणमा परेका बालकको वुवा रविन्द्र महासेठ सो मेला आयोजन समितिको अध्यक्ष समेत छन्। मेला समितिको अध्यक्ष महासेठ संग गाउँकै केहि युवाहरु संग विवाद रहेको थियो। अवेर राति सम्म छोरा नभेटिए पछि आफु संग मेला सम्बन्धि विवाद गर्ने भटौलिया ३ का अनिसकुमार साहसंग सोधे पछि छोरा अपहरणमा परेको घटना खुलेको थियो ।

स्थानीयको सहयोगमा अनिसलाई सोधपुछ गर्दा उनले आफुले नै आफ्ना साथिको मोटरसाईकलमा राखेर बर्दिवास तर्फ पठाएको बताएका थिए।

अनिसले बालकलाई बर्दिवास पठाएको भने लगत्तै बालकका आफन्तहरु खोजी गर्दै बर्दिवास पुगेका थिए। अनिसले आफनो छोरा दिएर पठाएको मान्छेको नम्वरमा फोन सम्पर्क गर्दा उनको फोन पनि स्विच अफ भेटिएको थियो। अपहरित बालक सोमबार विहान सम्म नभेटिए पछि पीडित रविन्द्र महासेठ छोराको खोजी गरिदिन भन्दै प्रहरीकोमा पुगेका थिए। घटनामा संलग्न भएको भन्दै अनिसलाई सोमबार प्रहरीमा वुझाइएको छ।

गाउँमा लाग्ने झण्डा मेलामा त्यहँका केहि युवाहरुले आफनो अनुकुलका अर्केष्ट्रा लगायत नाच तमासा ल्याउन रविन्द्रलाई दवाव दिएका थिए। तर रविन्द्र नमाने पछि सोहि विषयको रिसिबि साध्न आफ्नो छोराको अपहरण गरिएको रविन्द्रले नागरिकन्यूजसंग बताए।

यता प्रहरीले अनिसलाई हिरासत सोधपुछ गर्दा आफु सहित थप तीन जना घटनामा संगल्न रहेको बताएका छन्।

प्रकाशित: २७ पुस २०७२ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App