१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

पर्यटन भिसामा नेपाली महिलालाई श्रीलंका पुर्‍याएर खाडी

काठमाडौं- भारतको दिल्ली हुँदै खाडी र अफ्रिकी मुलुक जान कठिन हुन थालेपछि मानव तस्करीमा सक्रिय समूहले पछिल्लो समय श्रीलंकालाई नयाँ रुट बनाएको छ। मानव तस्करीमा सक्रिय समूहले नेपाली महिलालाई स्थलमार्गबाट दिल्ली पुर्या्एर प्रतिबन्धित मुलुकमा पठाउने क्रम बढेयता नेपाल–भारतबीच नो अब्जेक्सन लेटर अनिवार्य गरेपछि उनीहरुले नयाँ रुटका रुपमा श्रीलंकालाई प्रयोग गरेका हुन्।दुई वर्षअगाडि नेपालमा भएको नेपाल–भारत गृह मन्त्रालय अधिकारीबीच स्थलमार्ग प्रयोग गरी दिल्ली विमानस्थलबाट हवाई मार्गबाट नौ मुलुकमा जाने नेपालीका लागि दिल्लीमा रहेको नेपाली दूतावासको नो अब्जेक्सन पत्र अनिवार्य गर्ने सहमति भएको थियो।

सहमतिमा भारतीय प्रशासनले दिल्ली हुँदै साउदी अरेबिया, बहराइन, कतार, इराक, कुवेत, ओमान, लेबनन, लिबिया र युएई जान चाहने नेपालीलाई नेपाली दूतावासको पत्र अनिवार्य गरेपछि मानव तस्करीमा संलग्न समूहले रुट बदलेर स्थलमार्गबाट दिल्ली पुर्याेएर त्यहाँबाट श्रीलंका हुँदै खाडी र अफ्रिकी मुलुक पठाउने गरेका हुन्।

दिल्ली हुँदै श्रीलंका जान दूतावासको नो अब्जेक्सन पत्र आवश्यक पर्दैन। नेपाल–श्रीलंकाबीच मानव ओसारपसार नियन्त्रणका लागि कुनै समझदारी नभएकाले त्यहाँ पुग्ने नेपाली हवाई मार्गबाट जुनसुकै देश जान सक्छन्। त्यही कारण मानवतस्कर सो रुटमा सक्रिय भएका हुन्।

सोही रुट प्रयोग गर्दै श्रीलंका हुँदै दुबई हिँडेका ४ जना नेपाली युवती ३ दिनअघि दिल्ली विमानस्थलमा पक्राउ परे। उनीहरु पक्राउको कारण श्रीलंका जाने प्रयास भने होइन। कोलम्बो जान दिल्ली विमानस्थलको अध्यागमनमा पुगेका १९, २२, २७ र ३७ वर्षका चार नेपाली युवतीको पासपोर्टमा रहेको भिसा नक्कली देखिएपछि भारतीय अध्यागमन अधिकारीले उनीहरुलाई नियन्त्रणमा लिई सोधपुछपछि मानव तस्करीमा सक्रिय समूहले उनीहरुलाई श्रीलंका हुँदै दुबई पुर्याीउने दिल्ली विमानस्थल प्रयोग गरेको खुलेको थियो।

पक्राउ परेका युवतीको भनाइ उद्धृत गर्दै दिल्ली प्रहरीका डिसिपी दिनेश गुप्ताले भारतीय पत्रिका टाइम्स अफ इन्डियालाई दिएको जानकारी अनुसार दिनेश र लक्ष्य नाम गरेका दुई नेपाली युवकले भिसा मिलाएको जानकारी दिएका छन्। उनीहरुलाई दिल्ली प्रहरीले हिरासतमा राखेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका प्रहरी सहचरी एसएसपी यादवराज खनालका अनुसार पछिल्लो समय दिल्लीबाट हवाई मार्ग हुँदै श्रीलंकाको कोलम्बो जाने नेपाली युवतीको संख्या बढेको छ। त्रिभुवन विमानस्थलबाट हवाई मार्ग प्रयोग गरी जोखिमपूर्ण काममा नेपाली महिला लैजान कठिनाइ भएपछि उनीहरुले युवतीलाई स्थलमार्ग हुँदै दिल्ली ल्याएर दिल्लीबाट हवाई मार्गबाट कोलम्बो पुर्यािउँदै खाडी मुलुक लैजाने गरेको सूचना आएपछि भारतीय अध्यागमन अधिकारीसँग यस विषयमा छलफल गरिएको खनालले नागरिकलाई जानकारी दिए।

'पछिल्लो समय दिल्ली विमानस्थलमा दिल्ली हुँदै श्रीलंकाको कोलम्बो जाने नेपाली युवती संख्या बढेपछि भारतीय अध्यागमन अधिकारीसँग छलफल गरिसकेका छौं,' खनालले भने।

पर्यटन भिसामा श्रीलंका

मानव तस्करीको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार भारतका लागि साउदी अरबका एक डिप्लोप्याटले २ नेपाली महिलालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएपछि मानव तस्करले रुट बदल्दै श्रीलंकाको कोलम्बो प्रयोग गरिरहेको खुलेको थियो।

भदौमा भारतीय संस्था माइती इन्डिया र नेपाली दूतावासको प्रयासमा भारतको गुडगाउँको एक फ्ल्याटमा बन्धक बनाएर राखेको अवस्थामा भदौमा दुई नेपाली महिलाको उद्धार गरी नेपाल ल्याएपछि मानव तस्करले नेपाली युवतीलाई अफ्रिकी र खाडी मुलुकमा जोखिमपूर्ण काममा लैजान प्रयोगमा आएको नयाँ रुट खुलेको थियो।

३० र ५० वर्षका उनीहरुलाई आफन्तले नै स्थलमार्गबाट दिल्ली पुर्यायएर त्यहाँबाट मुम्बई हुँदै श्रीलंका लगेको खुलेको थियो। पर्यटन भिसामा श्रीलंका पुगेका उनीहरुलाई दलालले दुबई पुर्याीएर साउदी कूटनीतिज्ञलाई घरेलु कामदारका रुपमा बिक्री गरेका थिए। साउदी कूटनीतिज्ञले उनीहरुलाई पुनः भारतको गुडगाउँमा रहेको आफ्नो फ्ल्याटमा राखेर बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनीहरुलाई उद्धार गरी भदौ २४ मा नेपाल ल्याइएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा यी दुवैलाई दिल्ली–मुम्बई हुँदै श्रीलंका पुर्यालएर एक साता होटलमा राखेर साउदी पुर्या एर एक महिनापछि पुनः दिल्ली ल्याएको खुलेपछि सो घटनामा संलग्न कल्पना परियार र जितबहादुर दर्जी पक्राउ परेका थिए। उनीहरुको बयानबाट ती दुवै युवतीलाई भारतीय दलाललाई १–१ लाखमा बिक्री गरेको खुलेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) प्रमुख डिआइजी हेमन्त मल्ल पछिल्लो समय मानव तस्करले नेपाली युवतीलाई दिल्ली हुँदै श्रीलंका पुर्याउएर अलपत्र पारेका घटना बढेको बताउँछन्। अध्यागमन विभागको तथ्यांक अनुसार ६ महिनाबीच श्रीलंकाबाट दुई दर्जन नेपाली युवती नेपाल फर्काइएका छन्।

'दिल्ली हुँदै खाडी मुलुक लैजान अप्ठ्यारो भएपछि अहिले दिल्लीबाट श्रीलंका पुर्याउएर अन्य देशमा जोखिमपूर्ण काममा लागी नेपाल युवती लैजाने क्रम सुरु भएको देखिन्छ,' डिआइजी मल्लले भने, 'श्रीलंका लैजाने गरेको खुले पनि कहाँ राख्छन्, कोको छन् भन्ने खुल्न सकेको छैन।'

एसएसपी खनाल दुवै देशको गृह अधिकारीबीच सम्झौतापछि दिल्ली हुँदै विभिन्न नौ देश जाने युवतीमाथि भारतीय अध्यागमन अधिकारीले निगरानी बढाए पनि सूचीमा नरहेको देशका हकमा भने समस्या देखिएको बताउँछन्।

मानव तस्कर समूहले नेपाली युवतीलाई खाडी लगायत देश लैजान दिल्ली–श्रीलंका रुट प्रयोग गरिरहेको सूचनासहित भारतीय अध्यागमन अधिकारीसँग नियन्त्रणका लागि छलफल गर्दा नो अब्जेक्सन पत्र चाहिने देशबाहेकका अन्यत्र जाने यात्रुका हकमा कडाइ गर्न नसकिने जवाफ आएको उनले जानकारी दिए।

'कानुनी रुपमा सबै प्रक्रिया पुर्याएएकालाई रोक्न अप्ठ्यारो हुने भएकाले श्रीलंका हिँडेकालाई रोक्न अप्ठ्यारो देखिएको छ,' एसएसपी खनालले भने, 'भारतीय अध्यागमनका अधिकारीले रोक्न नसकिए पनि श्रीलंका हिँडेका युवतीको हकमा सोधपुछमा कडाइ गर्ने र शंका लागे दूतावासलाई जानकारी गराउने वचन दिएका छन्।'

प्रकाशित: २६ पुस २०७२ २०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App