२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

अज्ञात समूहद्वारा जिएमआरको कार्यालयमा बम प्रहार

काठमाडौं- भारतीय निर्माण कम्पनि जिएमआरको ललितपुर चाकुपाटी स्थित कार्यालयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ। पेट्रोल बम प्रहारबाट कार्यालयका झ्यालका सिसा फुटेको महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाले बताए।


कार्यालयको पर्खाल बाहिरबाट अज्ञात समूहले पेट्रोल बम फालेका थिए। जिएमआरले नेपालमा माथिल्लो कर्णली ९ सय मेगावाट र मथिल्लो मर्स्याङदी २, ६ सय मेगावाटको निर्माण गरिरहेको छ।

प्रकाशित: २१ पुस २०७२ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App