२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

टाेखामा साथीकाे हत्या गर्ने गोङ्गवुका खतिवडा पक्राउ

काठमाडौं—महानगरीय प्रहरी महाशाखाले साथीको हत्यामा संलग्न काठमाडौँको गोङ्गवुका २७ वर्षीय अम्बरप्रसाद खतिवडालाई पकाउ गरेको छ।गत असोज २८ गते टोखास्थित महादेवटारमा खतिवडाले गोर्खाका २५ वर्षीय युवराज गुरुङलाई धारिलो ढुङ्गा प्रयोग गरी घाइते बनाएकोमा उपचारका क्रममा २९ गते त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो।

घटनामा संलग्न खतिवडालाई प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ। घटना भएको दिन अभियुक्त खतिवडाले मेडिकलमा गई लागुऔषध सेवन गरेर पुनः भट्टीमा जाँदा टोखा ओमशान्ति मार्गमा पुग्दा मृतक गुरुङसँग भेट भएपछि दुईबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ।

दुवै जना एकै ठाउँमा सँगै ज्यालादारीमा काम गर्दै आएकामा ज्यालाको रकम खतिवडाले लिएकाले सो फिर्ता गर्न मृतक गुरुङले आग्रह गर्दा विवाद उत्पन्न भएपछि खतिवडाले ढुङ्गाले प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ।

खतिवडालाई आवश्यक कारबाहीका लागि अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको छ। रासस

प्रकाशित: १२ पुस २०७२ २३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App