२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

मोटरसाइकल चोरी गर्ने गिरोहका ३ पक्राउ

विराटनगर– मोरङको उर्लावारी क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार प्रहरीले चोरी गरेर बेचेका मोटरसाइकल र मोटरसाइकल चोर्न प्रयोग हुने औजारसहित गिरोहका ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी—२ का राजुकुमार राई, शम्भु राई र सुजित राई छन्। उनीहरूको साथबाट को ९ प ६८५९ नम्बरको कालो पल्सर, मे ३ प ३६०९ नम्बरको सीबिजेड्, बा ६४ प १६९६ नम्बरको एफ्जेड्, बा २३ प ७४८१ नम्बरको रातो पल्सर, मे ३ प ७०८५ नम्बरको कालो पल्सर, मे ५ प ७८०२ नम्बरको पल्सर मोटरसाइकल बरामद भएको छ। पक्राउ परेकाहरू बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रमोद खरेलले जानकारी दिए।

प्रकाशित: ७ पुस २०७२ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App