२३ पुस २०८२ बुधबार
image/svg+xml
अन्य

श्रीमतीसँग अनैतिक सम्बन्ध राखेकाे भन्दै हत्या

अर्घाखाँची–जिल्ला प्रहरी कार्यालयले हत्या गरी फरार एक युवकलाई पक्राउ गरेको छ। खल्जी गाविस– ४ का हेमराज भण्डारीको हत्या गरी फरार रहेको अभियोगमा प्यूठान दाङवाङ– १ का २१ वर्षीय जगत मुखियालाई आइतबार साँझ पक्राउ गरेको हो।मुखियाले ४ गते राति भण्डारीकै घरमा उनको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्वन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ । 'गाउँमा हल्ला चलेपछि बुझ्न भन्दै उनकै घरमा गएको थिए,' पत्रकार सम्मेलनमा मुखियाले भने, 'सँगै बसेर मदिरा पनि खायौं, रिसको झोकमा हत्या गरें।' मुखियाले भारतमा जागिर गर्थे। उनीहरु दुवैजना एकआपसमा परिचित भने नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी कमलराज खरेल र प्रहरी निरीक्षकसुरेन्द्रराज जोशीको नेतृत्वमा दुइओटा टोली आइतबार दिनभर मुखियाको खोजी कार्यमा खटिएको थियो। 'आिइतबार पक्राउ नगरेको भए भागरे इन्डिया जाने संभावना बढी थियो,' डिएसपी खरेलले भने, 'निकै मेहेनतका साथ खोजी गर्दा पक्राउ गर्न सफल भयौं।' प्रहरी निरीक्षक जोशीले घटनाको बारेमा थप अनुसन्धान गरी कारवाही पक्रिया अघि वढाउने बताए ।

प्रकाशित: ६ पुस २०७२ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App