रौतहट- रौतहटको हर्दिया पल्टुवा-३ मा अज्ञात समूहले धारिलो हतियार प्रयोग आमा-छोरीको हत्या गरेको छ। हर्दिया टोलका रामबालक साहका ३५ वर्षीया श्रीमती रेनु देवी साह र उनको १० वर्षीया छोरी अंकिताकुमारी साहको हत्या भएको रौतहट प्रहरीले जनाएको छ। दुबैको शरीरमा धारिलो हतियार प्रयोग गरिएको रौतहट प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिए।राति २ बजे सासु यतवरिया देवीलाई बारीमा जान्छु भन्दै आमा-छोरी हिँडेको बताइएको छ। बिहान ४ बजेसम्म नफर्किएपछि गाउँलेले दुबैको खोजीमा जुटेका थिए। साहको घरभन्दा करिब दुई सय मिटर पूर्व हर्दिया पल्टुवा-४ को मुख्य सडकमा उनीहरुको शव फेला परेको थियो।
'शरीरका विभिन्न अंगमा धारिलो हतियारको प्रयोग भएको छ,' एसपी रेग्मीले भने, 'घटना कसले किन गराएको हो हामी अनुसन्धान गरिरहेका छौं।'
प्रकाशित: ३ पुस २०७२ २१:०४ शुक्रबार