५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

चपली नायक घिमिरे पक्राउ

काठमाडौं- चपली हाइटका नायक राज घिमिरे पक्राउ परेका छन्। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा घिमिरेलाई ललितपुर प्रहरीले विहिबार साँझ गोदावरीबाट पक्राउ गरेको थियो। रक्सी पिएर कुटपिट गरेको आरोपमा पक्राउ परेका उनीविरुद्ध शुक्रबार अपहरण तथा शरीर वन्धक बनाएको उजुरी परेको थियो।घिमिरेका विवरुद्ध कुमार सिलवालले अपहरण गरी कुटपिट गरेको जाहेरी दिएका थिए। सिलवालको जाहेरीको आधारमा घिमिरेलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

घिमिरेलाई थुनामा राखि अनुसन्धान गर्न ललितपुर जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ। घिमिरे र सिलवालबीच अार्थिक लेनदेनको विवाद रहेको स्रोतले जनाएको छ।

प्रकाशित: ३ पुस २०७२ ०३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App