१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

ब्राउनसुगरसहित दुई पक्राउ

सुर्खेत-जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार राति वीरेन्द्रनगर–८ का १७ वर्षीय सम्शेर शाही र वीरेन्द्रनगर–९ का १८ वर्षीय राजकुमार रोकायलाई पक्राउ गरेको हो ।


प्रहरी नायव उपरीक्षक बहादुरजंग मल्लको कमाण्डमा खटिएको टोलीले इत्रामको सोतीटोलबाट उनीहरुलाई पक्राउ गरेको एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शाहीको घर खानतलासी गर्दा सुत्ने कोठाको टेवुलभित्र लुकाई राखेको अवस्थामा २९ पुरिया (१४ ग्राम ८२० मिलीग्राम) ब्राउनसुगर बरामद भएको छ । यस्तै रोकायको साथबाट दुई सय मिलीग्राम ब्राउनसुगर फेला परेको प्रहरीको भनाई छ ।

प्रकाशित: २९ मंसिर २०७२ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App