१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

घुस सहित सहायक बन अधिकृत पक्राउ

काठमाडौं- जिल्ला वन कार्यालय जाजरकोटका सहायक वन अधिकृत लालवावु झालाई अख्तियारको टोलीले घुस सहित पक्राउ गरेको छ।झालाई मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेतबाट खटिएको टोलीले ४८ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो। जिल्लाबाट निकासी हुने वन पैदावारको छोडपुर्जि वनाउने र आइइइको लागि टिओआर सिफारिस गर्न गर्न सेवाग्राहीसंग घुस मागेको उजुरीको आधारमा अख्तियारले छावनिन सुरु गरेको थियो। झालाई उनकै कार्यकक्षबाट अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७२ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App