काठमाडौं— पेट्रोल पम्पमा ड्युटीमा खटिएका प्रहरीलाई हेल्मेटले प्रहार गर्ने लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ५० वर्षीय अरुण वैद्य सहित ३ जना छन्।त्रिपुरेश्वर स्थित मायाराम भोलाराम पेट्रोल पम्ममा तेल बितरण गर्ने क्रममा २२ गतेको कुपन देखाई जवरजस्ती तेल हाल्न खोजेपछि त्यहाँ रहेको प्रहरी टोलीले रोकेको थियो। सम्झाई बुझाइ गर्न खोज्दा वैद्य सहितका व्यक्तिले प्रहरीमाथि हेल्मेटले आक्रमण गरेका थिए। हेल्मेट प्रहारबाट दुई प्रहरी जवान घाइते भएका छन्।
घाइते प्रहरीको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: २४ मंसिर २०७२ ०५:३५ बिहीबार