नेपाल भारोत्तोलन संघको आयोजनामा बुधबार एन्टी डोपिङ अवेरनेस एन्ड रिह्याबिलिटेसन कार्यक्रम सम्पन्न भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा खेलाडी, प्रशिक्षक र संघका पदाधिकारी गरी करिब ७० जनाको सहभागिता रहेको आयोजक भारोत्तोलन संघका महासचिव विपेन्द्र महर्जनले जनाएका छन्।
राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका संस्थापक संयोजक डा. असीम भण्डारीले सहभागीलाई एन्टी डोपिङको विविध पक्षबारे जानकारी गराएका थिए। एकदिने कार्यक्रमको राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधानले उद्घाटन गरेकी थिइन्।
प्रकाशित: १० पुस २०८२ ०७:३७ बिहीबार





