२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

कुबेर मर्चेन्टका प्रमुख कार्यकारी सुवेदी पक्राउ

काठमाडौं—कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको छ।कर्जाको धितो रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँग मिलेमतो गरी सङ्घ संस्थालाई प्राप्त हुने रकम कम्तीमा रु ६८ लाख हिनामिना गरेकोलगायतको आरोपमा उनलाई आज ज्ञानेश्वरबाट पक्राउ गरिएको हो ।

नेपाल राष्ट्र बैंक, समस्याग्रस्त तथा रिजोलुसन महाशाखाको पत्र जाहेरीले बादी नेपाल सरकार भई प्रतिवादी सुवेदीसमेत भएको मुद्दामा उनलाई पक्राउ गरिएको हो ।

उनलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य अघि बढाइएको ब्युरोले जनाएको छ । रासस

प्रकाशित: २३ मंसिर २०७२ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App