ललितपुर—प्रहरीले राष्ट्रिय अनुसन्धानको असई र नेकपा माओवादी क्रान्तीकारीको इन्चार्ज हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ गरेको छ। प्रहरीले एकजना युवतीलाई जागिर र अर्का एकजना व्यापारीलाई मागेको रकम नदिए अपहरणको धम्की दिने पुरण भण्डारीलाई पक्राउ गरेको हो।प्रहरीका अनुसार भण्डारीले अनिता धिताललाई एउटा गैरसरकारी संस्थामा आर्कषक जागिर लगाइदिने भन्दै ठगेका थिए। यस्तै व्यापारी उपेन्द्र प्याकुरेलसँग असईका रुपमा परिचित भएका भण्डारीले सुरुमा सहयोग भन्दै एकलाख लिएका थिए। केही समय पछि प्याकुरेलको आर्थिक हैसियत पत्ता लागेपछि भण्डारीले आफू क्रान्तीकारी इन्चार्ज भएको भन्दै विभिन्न नम्बरबाट सम्पर्क गर्दे चारलाख २० हजार माग गर्दै आएका थिए।
'वाकीटाकी सेट बोकेको तस्बिर र प्रहरी जस्तै हाउभाउका देखाएर ठग्दै आएको रहेछ, बाबु पूर्व प्रहरी भन्ने बुझिन आएको छ', ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने।
प्रहरीले भण्डारीबिरुद्ध ठगी र अपहरण तथा शरिर बन्धक उद्योगमा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २० मंसिर २०७२ ००:०८ आइतबार