अर्को सेमिफाइनलमा एपिएफ क्लबले पश्चिमाञ्चललाई २५–९,२५–१६ र २५–१८ ले हरायो । एपीएफकी नेबिका चौधरी वमन अफ द म्याच भईन् । प्रतियोगितामा नेपाल भलिबल संघका पदाधिकारीले महत्वपुर्ण सहयोग गरेका छन् ।
अध्यक्ष दानवहादुर तामाङले तेश्रो स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार उपलब्ध गराएका छन्। त्यस्तै उपाध्यक्ष मनोरंजन शर्माले बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट क्विईकर र बेष्ट सर्भरका जनहि १५ सय नगद उपलब्ध गराएका छन् । दोश्रो पुरस्कारको धन राशी ३५ हजारघका महासचिव जितेन्द्रवहादुर चन्द र प्रतियोगिता संयोजक एवं नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले संयुक्त रुपमा सौजन्य गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिका लागि नगद ३ हजार नेपाल भलिबल संघकी सदस्य सुनकेशरी मालीले सौजन्य गरेकी छिन्। फाइनल शुक्रबार हुनेछ ।
प्रकाशित: १७ मंसिर २०७२ २२:२३ बिहीबार





