२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

रहेनन् क्यामेराम्यान दीपक

काठमाडौं– नेपाली फिल्मका पुराना क्यामेराम्यान दीपक ढकालको बिहीबार निधन भएको छ । मधुमेहबाट पीडित ढकालको ७० वर्षको उमेरमा मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो।अचानक बेहोस भएपछि एक हप्ताअघि उनलाई मध्यपुर ठिमी अस्पताल भर्ना गरिएको थियो । 'लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो । बेहोस हालतमा उपचारका लागि भर्ना भएका उहाँ होस नखुलेर बिहीबार बित्नुभयो,' नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले भने ।

ढकालको अन्त्येष्टि बिहीबार राति नै पशुपति आर्यघाटमा गरियो । भारतको पुनास्थित फिल्म इन्स्टिच्युटमा छायांकन विषय अध्ययन गरेका उनले पछिल्लो समय काठमाडौंको अस्कर फिल्म कलेजमा अध्यापन गर्दै आएका थिए ।

उनले 'चोखो माया', 'सारंगी', 'चाहना', 'पहिलो प्रेम' र 'चट्याङ' लगायत फिल्म खिचेका थिए । ढकालका श्रीमती, दुई छोरी र छोरा छन् । उनका भाइ शिव ढकाल, किशोर ढकाल र मुन्ना ढकाल पनि नेपाली फिल्मका छायाकार हुन् । तीनै जनाले उनीसँगै छायांकन सिकेका हुन् । यसैबीच, ढकालको निधनमा शोक मनाउन शुक्रबार नेपाली फिल्मको छायांकन कार्य नगरिने प्राविधिक संघले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०७२ २०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App