बर्दीया—इलाका प्रहरी कार्यालय मैनापोखरबाट गस्तीमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा २६३ लिटर डिजेल र रासायनिक मल बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।कालिका–६ शितला बजार स्थित राजमार्गबाट सोमबार राति १ सय १३ लिटर र जमुनी–१ बाट १ सय ५० लिटर डिजेल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।
यसैगरी प्रहरी टोलीले मंगलबार जमुनी–२ फुटाहा गाँउबाट भन्सार छली ल्याउदै गरेको १६ बोरा रासायनिक मल समेत बरामद गरेको छ ।
भारतबाट साइकलमा मल ल्याउँदै गरेका व्यक्तिहरुले गस्तीमा खटिएको प्रहरी टोलीलाई टाढैबाट देख्नासाथ उक्त मल छाडेर भागेका थिए ।
प्रकाशित: १५ मंसिर २०७२ ०१:३२ मंगलबार